१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा नेपाल, बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा नेपालले गोल खाएको थियो । प्रशिक्षक उर्जन श्रेष्ठ त्यही गोल गेम चेन्जिङ मोमेन्ट बनेको बताउँछन् ।